पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार मागिएको स्पष्टीकरणको नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले जवाफ दिएका छन् । एमाले नेताहरू माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ बिहीबार दिएका हुन् । यही चैत ८ गते एमाले महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उल्लिखित नेताहरूले पार्टी हितविपरीत गतिविधि गरेको आरोपसहित एमालेको…