हार्ने काङ्ग्रेस, दोष पाउने देउवा !?

देशको सबैभन्दा ठूलो पार्टीको हैसियतमा रहेको नेपाली काङ्ग्रेस स्थानीय निर्वाचनमा नेकपा एमालेभन्दा पछाडि परेपछि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको आलोचनात्मक टिप्पणी सुरु भएको छ । उहाँको आप्mनै जिल्ला डडेल्धुरामा समेत अपेक्षाविपरीत एमालेले विजय हासिल गरेपछि देउवाका आलोचकले उहाँको खिल्ली उडाउन थालेका छन् । एकताक देउवाको एकलौटी प्रभावक्षेत्र मानिने सुदूरपश्चिमाञ्चलमा बितेका दश वर्षयता एमाले र माओवादीले…