बीस वर्षअघिको घटना र विचारबाट

छापामारहरूद्वारा विदेशी हतियारको प्रयोग सिंहदरबारमा हिजो माओवादीहरूको ‘जनयुद्ध’बारे गम्भीर छलफल भयो । जनताका सबैथरी प्रतिनिधि पार्टीहरूले ‘जनयुद्ध’बाट जन्मिएको ‘खतरा’ टाल्न एकै थलोमा भेला भई पहिलोपटक चिन्ता गरे । टनकपुरबारे सहमतिमा पुग्ने बेलामा राष्ट्रिय पार्टीहरू मात्र बैठकमा बसेका थिए भने अहिले नयाँ समस्या आइलागेपछि सरकारले प्रजापरिषद् नेमकिपा, नेकपा संयुक्त, लोकदल आदिलाई निम्तो दियो । साना–ठूला सबै…