लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि राजनीतिक दलका नेताहरूबीच आम्दानीका स्रोतहरूमाथि पकड बनाउने होड व्यापक रूपमा चल्ने गरेको पाइएको छ । अर्थ, भौतिक योजना, स्थानीय विकास, सहरी विकास, गृह र पर्यटन मन्त्रालयलगायत त्यस्ता कतिपय विभाग छन् जहाँ आफ्नो मान्छेलाई राखेर नगद सङ्कलन गर्न दलका नेताहरूबीच तीव्र प्रतिस्पर्धा नै चल्ने गर्दछ । नयाँ सरकार गठनसँगै भौतिक योजना मन्त्रालयको सचिव…