निर्णय बदल्न बालुवाटारमा बैठक

पार्टीको निर्णय परिवर्तन गराउन दबाब दिने उद्देश्यले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमालेका प्रभावशाली नेता केपी ओलीको सक्रियतामा अध्यक्ष् झलनाथ खनालइतर समूहको बैठक बसेको छ । प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेतासमेत रहनुभएका माधवकुमार नेपाल, प्रभावशाली नेता ओली र उहाँहरूनिकट दर्जनभन्दा बढी नेताको सहभागितामा दुई घन्टासम्म बसेको बैठकले एमालेले यसअघि गरेको निर्णय परिवर्तन गरी अघि बढ्नुपर्ने निर्णय गरेको…