गत वर्ष काङ्ग्रेसको सभापति बनेपछि सर्वशक्तिमानझैँ देखिनुहुने शेरबहादुर देउवा यतिबेला कमजोर र चौतर्फी असन्तुष्टिको घेराबन्दीमा पर्नुभएको देखिँदै छ । केन्द्रीय कार्यसमितिलाई पूर्णता नदिएको र सबैलाई समेटेर अघि बढ्न नखोजेको भन्ने आरोपको सामना गरिरहनुभएका देउवाका आलोचकहरूले अब अनेकौँ मुद्दा अघि सारेर उहाँमाथि प्रहार गर्ने तयारी गरेका छन् । देउवाको सोच र कार्यशैलीप्रति असहमति जनाउनेहरूको सङ्ख्या काङ्ग्रेसभित्र…