अमेरिकी दूतावासद्वारा पर्यवेक्षणको माग

पहिलो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण भएकोमा प्रशंसा गर्दै नेपालस्थित अमेरिकी दूतावासले दोस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायलाई पर्यवेक्षणका लागि अनुमति दिन आग्रह गरेको छ । दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निर्वाचनको दोस्रो चरणमा निर्वाध रूपमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि नेपाल सरकारलाई अमेरिका आग्रह गर्न चाहन्छ । यसो भएको अवस्थामा मान्यताप्राप्त कूटनीतिज्ञहरूलगायत अन्तर्राष्ट्रिय…