यूरोपेली आकासमा नेपाली जहाजमाथिको प्रतिबन्ध हट्ने सम्भावना

युरोपेली देश बेल्जियम र लक्जम्बर्गको एक साताको भ्रमण सकेर परराष्ट्रमन्त्री डा प्रकाशशरण महत शनिबार स्वदेश फर्किनुभएको छ । बेल्जियममा यही १३ फेब्रुअरीमा आयोजना गरिएको शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । बेल्जियम सरकारले आयोजना गरेको सो सम्मेलनमा आफूले सशस्त्र द्वन्द्वपछिको नेपालको शान्ति प्रक्रिया एवं शान्ति सम्झौताको कार्यान्वयन, वर्तमान चुनौतीहरू तथा…