एनसेल बिक्री कारोबारमा लाग्ने पुँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा उम्कन नसक्ने ठूला करदाता कार्यालयले जनाएको छ । आवश्यक परे स्वीडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने तयारी गरेको छ । स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभीटीले गत साता बिहीबार प्रसारण गरेको अनुसन्धानमूलक कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) मा ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त…