काठमाडौं । मधेसेन्द्रित दलले उठाएका सवाललाई सम्बोधन गर्न सरकारका साथै नेपाली कांग्रेस, एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) सम्मिलित कार्यदलले जारी राखेका वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले चाँडै नै समस्या समाधान हुने उपप्रधानमन्त्री कमल थापाले विश्वास व्यक्त गरेका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री थापाले आन्दोलनमा रहेका मधेसकेन्द्रित दलसँग निरन्तर वार्ता…