तेलमा झेल गर्नेविरुद्ध १४ करोड बिगोसहित मुद्दा

मधेसकेन्द्रित दलको नाकामा जारी आन्दोलन र अघोषित नाकाबन्दीको अवसर पारेर रातारात करोडपति बन्ने तस्करका विरुद्ध आक्रामक किसिमले लागेको काठमाडौं प्रहरीले के.एल. दुगड उद्योगका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । देशलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्नुको सट्टा तीन गुणासम्म मूल्य बढाएर खानेतेल बिक्री गरेको अभियोगमा प्रहरीले दुगडको तेल गोदाममा छापा हानेको थियो । राजनीतिक दलका…