नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको छैटौँ साधारणसभाले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । हालै सम्पन्न सभाले चारपटकका राष्ट्रिय च्याम्पियन मुल्मीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत सर्वसम्मत चयन गरेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, उपाध्यक्षमा हीराकुमारी दाहाल (मीरा) र ध्रुव तुलाधर, महासचिवमा केशवराज अधिकारी,…