लालीगुराँस कपको उपाधि सिर्जना ज्ञानसागरलाई

दोस्रो लालीगुराँस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सिर्जना ज्ञानसागर स्कुलले जितेको छ । तारकेश्वर–२ ढकालटारस्थित आयोजक लालीगुराँस विद्यासदनको खेलमैदानमा भएको फाइनल खेलमा सिर्जना ज्ञानसागरले पिसल्यान्ड स्कुललाई १–० गोलले पराजित गऱ्यो । सिर्जना ज्ञानसागरको जितमा पहिलो हाफको १८औँ मिनेटमा सुजन पाण्डेले हेडमार्फत निर्णायक गोल गरे । प्रतियोगितामा काठमाडौं शिक्षालयका सुजन लामा उत्कृष्ट खेलाडी घोषित भए…