रामेछाप सिभिल भलिबल च्याम्पियनसिप माघ २२ गतेदेखि

रामेछाप सिभिल भलिबल च्याम्पियनसिपको चौथो संस्करण माघ २२ गते मंगलबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितिले हालै पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । माघ २२ गते मंगलबारदेखि शनिबारसम्म रामेछाप सदरमुकाम मन्थलीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । ‘प्रतियोगिताको अन्तिम तयारी भइसकेको छ,’…