रोकिएन चेली–तस्करी !

सिन्धुपाल्चोकको बाँसखर्क–३ की सरिता बम्जन बुधबार दिउँसो जिप्रका, कञ्चनपुरको परिसरमा अनेक बहानाबाजी गरिरहेको अवस्थामा भेटिइन् । उनको एकपछि अर्को झुटो बहानायुक्त बयानबाट जिप्रकाका प्रहरी अधिकृतदेखि माइती नेपाल कञ्चनपुरका पदाधिकारीसम्मले उनलाई किर्गिजस्तान रोजगारीका लागि लैजाने दलालबारे चाल पाउन सकिरहेका थिएनन् । चार दिनअघि काठमाडौँदेखि भारतको राजधानी नयाँदिल्लीसम्म जाने बसको पश्चिम नाका गड्डाचौकीमा जाँचका क्रममा सरिता आफ्ना…