सनत आचार्य, बेल्जियम गत जुलाई दोश्रो साता अविरल वर्षाका कारण वालोनियामा भएको क्षतिबाट पीडित बन्न पुगेका बाढीपीडितहरूलाई बेल्जियमबासी नेपालीहरूको तर्फबाट गैरआवासीय नेपाली संघ बेल्जियमले आर्थिक सहयोग गर्ने भएको छ । उक्त क्षेत्रमा भारी वर्षाका धनजनको ठुलो क्षति भएपछि सहयोग गर्ने उद्देश्यले संघको यही अगस्त १ मा बसेको पहिलो बैठकले कोषाध्यक्ष पुष्प नेपालको नेतृत्वमा कार्यसमितिका सबै…