एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले आफूनिकट पार्टी नेता तथा कार्यकर्ताको तीनदिने राष्ट्रिय भेलामा प्रस्तुत गर्ने कार्यपत्र तयार पारेका छन् । नयाँ पार्टी स्थापना गर्नुको आवश्यकतालाई महत्वका साथ उल्लेख गरिएको कार्यपत्रमा पार्टी स्थापन गर्दादेखि हालसम्म भएका विभिन्न घटना पनि उत्तिकै महत्वका साथ उल्लेख गरिएको छ । वैद्यनिकट एक केन्द्रीय नेताका अनुसार माओवादीले जनआन्दोलन सुरु गर्दा लिएको…