इतिहासकै नालायक प्रधानमन्त्री झलनाथको दिनगन्ती सुरु

मन्त्रिपरिषद्ले पूर्णता प्राप्त नगर्दै झलनाथ नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको छ । संविधानसभाको कार्यकाल समाप्त हुन तीन साताभन्दा कम समय बाँकी रहँदा नेपाली काङ्ग्रेसले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री पदबाट झलनाथ खनालको राजीनामा हुनैपर्ने सर्त अघि सारेको छ । काङ्ग्रेसले शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याएर मात्र संविधान जारी गरिनुपर्ने निष्कर्ष निकाल्दै संविधान निर्माणका लागि राष्ट्रिय सहमति…