शान्ति र संविधान प्राप्तिको अर्को बाटो-देवप्रकाश त्रिपाठी

एकधु्रवीय राजनीतिलाई सुदृढ तुल्याउने नियोजित अभ्यासमा माओवादीले आफूलाई केन्द्रित गरिरहेका बेला नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले 'काङ्ग्रेस प्रजातान्त्रिक मोर्चा निर्माण गरेर देशलाई मुठभेडतर्फ लैजाने पक्षमा नरहेको' उद्घोष गर्नुभयो । पार्टी सभापतिमा उम्मेदवार भएर सम्मानजनक मत प्राप्त गर्नुभएका शेरबहादुर देउवाले प्रजातान्त्रिक मोर्चाको कुनै औचित्य र आवश्यकता नरहेको अभिव्यक्ति दिँदै हिँडिरहनुभएको छ । काङ्ग्रेस सभापतिका विजयी र…