रिडिङ । हिजो आइतबार, रिडिङस्थित प्रस्पेक्ट पार्कमा एक विशाल भेलाबीच चौंथो रिडिङ कप सम्पन्न भएको छ । भेटेरान ६, मेन ३२ अनि अण्डर सिक्स्टिन १० गरी जम्मा ४८वटा टिमहरुले भाग लिएको सो कपमा दर्शकहरु लगभग चार हजार उपस्थित भएका थिए । सरसफाइ र सुरक्षाको हिसावमा उत्कृष्ट देखिएको सो कार्यक्रममा शौचालयको अनुपलब्धता निक्कै नै खट्केको सबैले…