[कथा]मेजर अर्जुनको औंठी

-सुमल कुमार गुरुङ, मौसम सफा थियो । कोसौं टाढा-टाढासम्म हरियाली पहाड, वनहरु, अन्नपूर्ण हिमश्रृङ्खला र फेवातालको शान्त दर्पणरुपी वक्षमा माछापुछ्रे हिमाल छर्लङ्ग देखिएको थियो । यो दृश्यलाई सुदूर तालपारि विश्वशान्ति स्तुपको डिलमा बसेर दुई युवा हृदयहरु आनन्दित र रोमाञ्चित भएर हेरिरहेका थिए । प्राकृतिक अनुपम धरोहरको रुपमा सृष्टिकर्ताले अन्नपूर्ण हिमश्रृङ्खलाको मध्यभागमा माछापुछ्रे हिमशिखरको रचना गरेर…