नयाँ प्रधानमन्त्री साउन पाँचमा

प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको दुई सातापछि नयाँ बहुमतीय सरकार गठन गर्ने समयावधि तय भएको छ । प्रमुख दलहरूबीच सहमतीय आधारमा सरकार गठनका लागि सहमति बन्न नसकेपछि सभामुख सुवास नेम्वाङको प्रस्तावअनुसार आगामी साउन ४ गतेसम्म प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता र ५ साउनमा चुनाव गर्ने तय भएको हो । मुलुकले माधवकुमार नेपाल नेतृत्वको सरकारको राजीनामापछि ५…