दरबारबिनाका राजाको सम्मान-बबिता बस्नेत

हिजो जस्तै लाग्छ, दुई वर्षअघि राजाले दरबार छोड्दा नारायणहिटीअगाडिको सडकमा केही झुन्ड मानिस अनेक प्रकारका नारा लगाउँदै ओरालो लागेको मृगलाई खेदिरहेकाझैं देखिन्थे । केही टेलिभिजन च्यानलहरू भीडसँग 'भक्स पप' लिन व्यस्त थिए । दुई सय चालीस वर्षको इतिहास मेटिँदा तिनीहरूको प्रतिक्रिया थियो- अबको नेपाल समृद्ध हुनेछ, सामन्ती संस्काररहित हुनेछ, जनताको हुनेछ, नेपाली जनता बल्ल सार्वभौम…