सम्पत्तिको नाममा तीनवटा मोबाइल सेट मात्र रहेको देखाउने ‘स्वच्छ छविका इमानदार’ प्रधानमन्त्री सुशील कोइरालाले आफूसँग रहेको ६ करोड रुपैयाँ हराएको बताउन थाल्नुभएपछि काङ्गे्रसभित्र त्यसले तरङ्ग पैदा गरेको छ । पार्टीका कतिपय नेताहरूसँगको भेटवार्ताका क्रममा कोइरालाले महाधिवेशनको लागि भनेर राखेको ६ करोड रुपैयाँ एक समय स्वकीय सचिव रहेका लक्ष्मण ढकालले लगेको बताउन थाल्नुभएको चर्चा चलिरहेका बेला…