काङ्ग्रेस महाधिवेशनकेन्द्रित, एमाओवादी शक्तिसञ्चयतर्फ

थला प-यो संविधान निर्माण प्रक्रिया काङ्ग्रेस र एमालेसँग सहमति हुन नसक्ने ठहरमा पुगेपछि प्रचण्डले वैद्यनेतृत्वको माओवादीसँग पार्टी एकीकरण गर्ने योजनालाई सतहमा उतारेका छन् । सहमतिको संविधान बनाउने भन्दै आफूहरूलाई अल्झाएर काङ्ग्रेस–एमालेले धोका दिन लागेको आरोप लगाउँदै आएको एमाओवादी नेतृत्व यसरी एकाएक वैद्यसँग पार्टी–एकता गर्ने काममा केन्द्रित हुनुलाई अत्यन्त गम्भीर र रहस्यात्मक रूपमा हेरिएको छ ।…