अहिलेसम्म किन अड्किएको, बनाए हुन्छ नि !– मोहन वैद्य (अध्यक्ष, नेकपा–माओवादी)

० भूकम्पले तपाईंहरूलाई पनि जनताको बीच पु-याइदियो हो कि ? – एक हिसाबले यसलाई सही नै मान्नुपर्छ । जनताबीच त हामी यसै पनि गइरहेकै हौँ । जनताबाट अलग्गिएर बस्ने हाम्रो चरित्र नै होइन । तर, भूकम्पका कारण क्षति पुगेका घरको भग्नावशेष हटाउने, पीडित जनतालाई विभिन्न प्रकारले सक्दो मद्दत दिने उद्देश्यका साथ हामी भूकम्पपीडित जनताबीच पुग्यौँ…