मिसन पूरा गर्न नसक्ने सरकारको के औचित्य ?– प्रदीप ज्ञवाली (सचिव, नेकपा एमाले)

० सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काङ्ग्रेससँग एमालेको सम्बन्ध चिसिएको हो ? – काङ्ग्रेससँग सम्बन्ध चिसिएको होइन । तर, गत तीन सातादेखि संविधानसभाको बैठक अवरुद्ध छ । बैठक कहिले डाकिन्छ र अबको प्रक्रिया कसरी अघि बढ्छ भन्ने कुराको टुङ्गो छैन । प्रधानमन्त्रीले दुई–दुईपटक एमाओवादीलगायतका दलको मोर्चालाई वार्तामा आउन औपचारिक आह्वान गरिसक्नुभयो । संविधानसभाको बैठक स्थगित…