तपाईंको यो साता (राशिफल, मङ्सिर २७–०४ पुस, २०७४)

मेष कार्य सम्पादनमा सहजता मिल्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेमीको सहयोग पाइनेछ । साताको अन्त्यबाट सानातिना समस्यामा अल्झिनुपर्नेछ । शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।…