प्रणय—गीत– बद्रीप्रसाद दाहाल

मुटु कुटुकुटु खाई, छैन शान्ति मनैमा । रसिक विगत नाचे, खेल्दथ्यौँ आँगनैमा । सुमधुर मुरलीझैं, खोलिथ्यौँ मुग्ध–राग । शरद–सुमन तिम्रा, बन्दथे स्वर्ण–हार ।।१।। चपल–धवलझर्ना,चम्किँदै हैम माला । पवन सुमन बग्थे, मगमगाएर सारा ।। विमल–नभ शरदको जगमगाए रमाई । मन कुटुकुटु खायो, नाच आई समाई ।।२।।, बदम–नयन तिम्रा, स्याउझैं लालगाला । वदन–मनउजेली, शारदीजून–तारा ।। अधर–धर खुलेका,…