जब मनका अलेखा भूगोलहरू साँघुरिदै साँघुरिदै अँध्यारा खोच र गल्छेडाहरूमा सीमित बन्छन्, जब आस्थाका पवित्र हिमनदीहरू धमिलिँदै धमिलिँदै व्यवस्थित सहरका नाल–ढलभन्दा दुर्गन्धित हुन्छन्, जब स्वाभिमानका उतुङ्ग उचाइहरू भत्किँदै भत्किँदै अवशेषका मसिना टुक्राहरूमा बाँकी रहन्छन्, जब स्वतन्त्रताका असीम आकाश धूमिल बन्दै–बन्दै कालो रातका किल्लाभित्र कैद पर्दछन्, जब सबै सबै सम्भावना एकपछि अर्को गर्दै एकपछि अर्को भ्रम…