निकास पहिल्याउन ढिलाइ किन ?

वार्ता–प्रक्रियाप्रति नै उदासीन बनेको ठानिएको मधेसी मोर्चाको शीर्ष नेतृत्व झन्डै दुई सातापछि सत्ता–गठबन्धन र प्रमुख प्रतिपक्षीसहितको त्रिपक्षीय वार्तामा फर्किएको छ । वर्तमान सङ्कटावस्थाको निकासका लागि पहिलो द्वार नै ‘वार्ता’ ठानिएको परिप्रेक्ष्यमा नाकाबन्दीजस्तो कठोर शैलीयुक्त आन्दोलनमा उत्रिँदै ‘विद्रोही’ भाव प्रकट गरिरहेको असन्तुष्ट पक्ष ‘राज्य’सँग छलफल गरी समस्या समाधानको उपाय खोज्न तत्पर देखिनु खुसीको कुरा हो ।…