काङ्ग्रेसमा फेरि रडाको

सत्ता-राजनीतिको खेलबाट तत्कालका लागि फुर्सदिलो बन्न पुगेको नेपाली काङ्ग्रेस आन्तरिक विवादको परम्परागत बिमारीबाट थलिँदै छ । लामो समयदेखि बैठकसमेत बस्न नसकेको, क्रियाशीलता नदेखिएको वा अकर्मण्य संस्था राख्नुको औचित्य नरहेको तर्क दिएर काङ्ग्रेस संस्थापन पक्षले तरुण दल, महिला सङ्घजस्ता भ्रातृ सङ्गठनहरू विघटनको तयारी गरेपछि पछिल्लो चरणमा तुलनात्मक रूपमा कम विवादित पार्टीका रूपमा देखिएको नेपाली काङ्ग्रेस विवादको…