‘अतृप्त बूढाबा’हरूबाट सङ्कटग्रस्त छ देश !

देशमा विशेषतः प्रजातन्त्रोतर र अझ गणतन्त्रोत्तर झाङ्गिँदै-फैलिँदै आएका दुरुह एवम् दुरन्त समस्याहरू दैनन्दिन झन्-झन् दुर्दमनीय हुँदै गएका छन् । स्वयम् राजधानी र त्यसका अदूर-सुदूर नागरिक बस्तीहरूमा पीडामय मौनता बहाल छ । ✍ नकुल काजी लगभग चार हजार वर्षको हिन्दू देश नेपालको मौलिक जातीय सनातन परम्पराअनुसार हरेक वर्ग एवम् तप्काका अथवा सामाजिक र राष्ट्रिय जीवनका समस्त…