इन्टरनेटको प्रयोग बढ्दै जाँदा यससँग जोडिएको साइबर जोखिम पनि बढेको छ । सामाजिक सञ्जालले विश्व नै जेलिएको सन्दर्भमा केही राम्रा पक्ष हुँदाहुँदै पनि यसले सिर्जना गर्न सक्ने अफवाह, हिंसा एवम् मानवीय अन्तरसम्बन्धमा देखिने गलत परिणाम बढ्न नदिनका लागि सामाजिक सञ्जालका प्रयोगकर्ता, सञ्चालकहरु र राज्यका तर्फबाट पनि उचित मापदण्ड वा स्वनियमनको औजार प्रयोग हुनु आवश्यक छ…