चार जात छत्तीस वर्णको हो नेपाल

पाखा लगाइएका राजालाई पनि केवल हिन्दुको बनाइँदैछ । पछिल्ला दश/बाह्र वर्षमा उनको सार्वजनिक उपस्थिति केवल मठ-मन्दिर अनि हिन्दु धार्मिक अनुष्ठान मात्र रहेको छ । अपवादमा एक-दुई उपस्थितिहरू धार्मिक बाहेक अरुमा पनि भएको छ, तर त्यो उल्लेखनीय छैन । यसमा स्वयम् राजाको नै मनसाय भएको भन्नचाहिँ मिल्दैन, किनभने हरेक अभिव्यक्तिमा उनले जनतालाई महत्व दिँदै आएका छन्…