२०८२ को चुनाव केवल सरकार परिवर्तनमा सीमित हुनु हुँदैन; यो राजनीतिक संस्कारको परिवर्तन हुनुपर्छ । काङ्ग्रेस र एमाले हारेका छन् किनभने उनीहरूले यो महसूस गर्न सकेनन् कि गणतन्त्रमा जनादेश भनेको उत्तराधिकार होइन, यो त निश्चित समयको सम्झौता हो । बालेन्द्र साहले पदभार ग्रहण गर्ने तयारी गर्दा उनको लागि पनि सन्देश स्पस्ट छ- कि सुशासन देउ…