केपीको राष्ट्रवाद र इन्धन पाइपलाइन

■ स्वयम्भुनाथ कार्की जनमतसङ्ग्रहपछि चार लाख मतान्तरको हारसरहको जित महापञ्चको मन्त्र भएको थियो । सुबथा पदमा रहुञ्जेल उनका पञ्चहरूले हरेक भाषणमा कुराकानीमा यो मन्त्र सामेल गर्ने उर्दी गरेका थिए । त्यसैले उनका पञ्च कानै पाक्ने गरेर जनमतसङ्ग्रहको जितको उल्लेख गर्ने गर्दथे । पदबाट हटेपछि सुबथाले आफू अवसरवादी राजनीतिका श्रेष्ठ व्यक्तित्व भएको थप प्रमाण दिए ।…