काठमाडौंमा प्रतापी राजा प्रतापमल्ललाई हरसिद्धि देवीले मारी नै दिइन् । काहिँलो छोरा नृपेन्द्र मल्लले गद्दी पाए । ६ वर्ष पनि राज गर्न पाएनन्, १८ वर्षको जल्दोबल्दो जवानीमै मरे वा मारिए । कान्छो भाइ पार्थिवेन्द्र राजा भएको बेला श्रीपशुपति मन्दिरको उत्तर ढोकाबाट ८०२ मा आलो रगतै बग्यो । तैपनि समय सुधारेन र दैवीप्रकोपले उसलाई पनि चपायो…