स्थानीय निर्वाचनको माहोल उत्कर्षमा छ । आमनागरिकमा पैदा भएको स्थानीय तहको निर्वाचनमा सरिक भई घर–आँगनमै उपलब्ध हुने आफ्ना प्रतिनिधि छान्ने लालसालाई सरकारको अस्पष्ट व्यवहार र सुस्त तथा ढोँगी चालढालले गलाउन सकेन । परिणामतः अनेक आशङ्का, अन्योल र अनिश्चयका बाबजुद मुलुक निर्वाचनको सङ्घारमै पुगेको छ । परन्तु, संविधान संशोधनको पेचिलो मुद्दा ज्युँकात्युँ छ । संविधान संशोधनबिना…