दशकौँको चाहना, वर्षौंको प्रयास र अर्बौं–खर्बौं खर्च लगाएर संविधानसभामार्फत बनाइएको संविधान कार्यान्वयन प्रक्रियाको आरम्भ–चरणमै विवाद र आलोचनाको सिकार बन्ने खतरा थप चुलिएको छ । मधेसी, आदिवासी, जनजातिलगायत असन्तुष्ट पक्षको ठूलो हिस्सा यसै पनि संविधान पुनर्लेखनको मागसहित आन्दोलनरत थिए, छँदै छन् । उनीहरूको असहमतिका कारण संविधान कार्यान्वयनमा जटिलता आइरहेकै थियो । यस क्रममा दलहरूबीच सत्ता–शक्ति हत्याउन…