राम्रा कुरा धेरै छन्

तपाईं पहिलोपल्ट इलाम जाँदै हुनुहुन्छ भने मानिसहरूले भन्ने छन्, ‘प्लास्टिकका ब्याग साथमा छन् भने यतै छोडेर जानुस् है, इलाममा प्रयोग गर्न पाइँदैन, जरिवाना तिर्नुपर्छ ।’ चुरोट–बिँडी खानुहुन्छ कि ? अर्को प्रश्नपछि फेरि भनेको सुनिन्छ, सार्वजनिक ठाउँमा चुरोट खाँदै हिँड्नु त इलाममा लाजमर्दो कुरा हो । बजारतिर धुवाँ उडाउँदै चुरोट तान्दै हिँड्ने मान्छेप्रति हेर्ने दृष्टिकोण त…