– दामोदर पौडेल एमालेले पहिला राष्ट्रपति र उपराष्ट्रपतिलाई नयाँ जनादेश आएकाले पुन: अनुमोदन गरिनुपर्छ भनेको थियो, यो नाजायज विषय पनि थिएन । राष्ट्रपति र उपराष्ट्रपति सधैँभरि जस्तो पदमा बसिरहने मान्यता लोकतन्त्रको हिसाबले पनि उपयुक्त होइन । साथै, संविधान एक वर्षभित्रमा बनाउने र संविधान बनेपछि मात्र त्यस विषयमा निर्णय गर्ने भन्ने अर्को पक्ष पनि थियो ।…