नेहरूदेखि मोदीसम्मको कसीमा नेपाल–भारत सम्बन्ध

– बुद्धिप्रसाद शर्मा खास अर्थमा नेपाल–भारतबीचको ऐतिहासिक तथा राजनीतिक सम्बन्धलाई सरल रूपमा विश्लेषण गर्न कठिन छ । वेदशास्त्र र महाभारतमा गरिएका चर्चादेखि वर्तमानको आधुनिककालसम्मको सम्बन्ध हेर्दा सधैँ सीधा रेखामा भन्दा व्यापक उथलपुथल तथा बहुचारित्रिक र बहुआयामिक सम्बन्ध रही आएको निचोड निकाल्न सकिन्छ । आधुनिक नेपाल–भारत सम्बन्धले ज्यादा चर्चा–परिचर्चा पाउन थालेको ब्रिटिसले भारतमा शासन गर्न थालेपछि…