पृथ्वीनारायण शाहपछिका नेपालको एक मात्र ‘स्वघोषित नायक’ पुष्पकमल दाहाल उत्तर छिमेकी चीनको सातदिवसीय भ्रमणपछि निकै हौसिएका देखिन्छन् । खासगरी चीनको नयाँ नेतृत्वले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको र नेपालभित्र पनि आफूबाहेक अरू कसैलाई ‘नेता’का रूपमा चीनले महत्व नै नदिएको बुझाइसमेत दाहालको अन्तर्मनमा पैदा भएको अनुभूति गरिएको छ । ‘चीनको नयाँ नेतृत्वले आफूलाई दक्षिण एसियाबाटै पहिलो…