पच्चीसै वर्ष मात्र ?

जनताको नाममा युद्ध गरेर ‘राष्ट्रिय नेता’ बन्नुभएका एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति या निर्वाचन नभए २५ वर्षसम्म सत्ता नछोडिने अभिव्यक्ति दिएर मुलुकमा एउटा तरङ्ग उत्पन्न गराइदिनुभएको छ । प्रचण्डको २५ वर्षे सत्ता अभिव्यक्तिलगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ आएको छ– कसैले भिख माग्दैमा सत्ता दिइँदैन । मुलुकको निर्णायक नेतृत्व तहमा रहेका यी दुई नेताको सत्ताकेन्द्रित अभिव्यक्तिपछि…