संविधान आउँदै छ, देश चलाउन कि जलाउन ?

राजनीतिका नाममा हुने खेलवाडले देशलाई विध्वंस र विनाशको विष्मयकारी अवस्थामा पुर्‍याएका अनिगिन्ती दृष्टान्त विश्व इतिहासले प्रस्तुत गरिरहेको भए पनि नेपाली राजनीतिकर्मीहरू चरम अनिष्टकारी खेलवाडको प्रतिस्पर्धामा जुटेका छन् । खासगरी राज्य पुर्नर्संरचना, धर्म, जात र क्षेत्रबारे राजनीतिक दलका नेतृत्वले प्रकट गरेका अभिव्यक्ति र व्यवहारले उनीहरू खलनायकी प्रतिस्पर्धामा अब्बल छन् भन्ने देखाउँदै छ । राज्य पुर्नर्संरचना आयोगमा…