प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा हुनुहुन्छ । त्यहाँ उहाँले नेपालको सरकारप्रमुखको रूपमा महासभालाई सर्ट, पाइन्ट, कोट लगाएर सम्बोधन गर्नुहुनेछ । जुन पोसाक युरोपेली र अमेरिकी मुलुकका प्रतिनिधिहरूको शरीरमा पनि हुनेछ । छिमेकी मुलुक भारतका प्रधानमन्त्रीदेखि अन्य विभिन्न मुलुकका सरकारप्रमुखहरूले आफ्नै राष्ट्रिय पोसाक लगाएका हुनेछन् । प्रत्येक वर्ष हुने संयुक्त…