एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको समाचार सुनेपछि हाम्रा एक साथी उनकी श्रीमतीले एक्कासि ला...अब के हुन्छ ? भनेको सुनेर छक्कै परेछन् । कहिल्यै राजनीतिमा चासो नराख्ने श्रीमती झस्किएको देखेर उनले अचम्म मान्दै सोधेछन्, किन ? त्यस्तो अनौठो के भयो र ? श्रीमतीले भनिछन्, प्रधानमन्त्रीले राजीनामामा दिएपछि ऊर्जामन्त्री गोकर्ण विष्ट पनि त हट्छन्…