विद्या भण्डारी ऐतिहासिक ब्यक्तित्व मदनकी पत्नी भएकोले मात्र उहाँको आवश्यकता खट्किएको बुझ्नु उपयुक्त होइन । उहाँले मन्त्रीका रूपमा अनेकौँ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो, तर कहिल्यै विवादमा पर्नुभएन । रक्षामन्त्रीको जिम्मेवारीमा रहँदा कुनै पार्टीविशेषका निम्ति लडेका गुरिल्लालाई राष्ट्रिय सेनामा प्रवेश गराउन नहुने भन्दै विद्याले लिनुभएको अडानकै कारण सेनाले सूरक्षित हुने मौका पाएको हो भन्दा अत्युक्ति हुनेछैन ।…