✍ सुनिल उलक कुनैबेला पोखरामा एक गुरू हुनुहुन्थ्यो । शिक्षक नभएर वहाँ तन्त्र साधनाका गुरू हुनुहुन्थ्यो । वहाँ शायद पुरानो टुकुचेका बासिन्दा हुनुहुन्थ्यो । युवाकालमा भारत जानुभएपछि वहाँ धेरै वर्ष उतै हराउनुभयो । हराउनुभएको ३५-४० वर्षपछि फर्केर नेपाल आउनुभयो । वहाँको नाम मनोहरप्रसाद शेरचन थियो । थकाली भएको कारणले गर्दा वहाँलाई सबैले थकाली गुरू भन्ने…