सुन तस्करीसम्बन्धी अनुसन्धान र छानवीन गर्ने प्रक्रियामा नेपाल प्रहरीलाई सामेल गर्न नचाहनुलाई रहस्यमयी घटनाका रूपमा लिइएको छ । खासगरी प्रधानमन्त्री प्रचण्डले छानवीन प्रक्रियामा प्रहरीलाई सामेल गर्न नचाहनु भएको हो । स्मरणीय छ, तस्करहरूले लगेजमा सुन ल्याउन छोडेर विगत केही वर्षयता कार्गोमार्फत सुन तस्करी गर्दै आएको र, भन्सारको कार्य क्षेत्रमा राजस्व र भन्सारका कर्मचारीबाहेक प्रहरीको प्रवेशलाई…