उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित विषयलाई लिएर काबु पाउन नसक्ने देखिएपछि तीन पार्टीका तीन शीर्ष नेताहरूको परामर्शमा प्रहरीलाई नियन्त्रणमा राख्ने प्रयास भएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बालुवाटारस्थित प्रधानमन्त्री आवाशमा बोलाएर शरणार्थी प्रकरणमा कसैलाई पक्राउ गर्नुपर्ने भएमा त्यसअघि नै जानकारी गराउन…